Kathmandu Press

नेपाल प्रहरीको सक्रियतामा २४ घण्टामा १ सय ३० अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, जेठ १७ : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।ती मध्ये...
नेपाल प्रहरीको सक्रियतामा २४ घण्टामा १ सय ३० अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, जेठ १७ : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

ती मध्ये १ सय १४ वटा भरिएका र १६ खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका १ सय ३० वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा १ सय ८० वटा सिलिन्डर सोमबार कोभिड अस्पताल र स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको छ ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ३ सय ५० वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ । 

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्