गण्डकीमा कोरोनाबाट थप १७ जनाको मृत्यु
काठमाडौं, जेठ १७ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...
काठमाडौं, जेठ १७ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ४, लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ । गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: १८:५१ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












