Kathmandu Press

युवा सङ्घको अध्यक्षमा पौडेल चयन 

काठमाडौं, जेठ १७ : नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले...
युवा सङ्घको अध्यक्षमा पौडेल चयन 

काठमाडौं, जेठ १७ : नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।

सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए ।  सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  ।

युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ । महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए। उनी परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए । (रासस) 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्