फ्रान्सेली नागरिक बाजुस बौद्धस्थित आफ्नै कोठामा मृत भेटिए
काठमाडौं, जेठ १७ : एक फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस बौद्धमा कोठाभित्रै मृत भेटिएका छन्। प्रहरी वृत्त बौद्धका अनुसार ६७ वर्षीय बाजुसको राहदानी...
काठमाडौं, जेठ १७ : एक फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस बौद्धमा कोठाभित्रै मृत भेटिएका छन्। प्रहरी वृत्त बौद्धका अनुसार ६७ वर्षीय बाजुसको राहदानी नम्बर ०८ सिके ०४१२३ हो।
प्रहरीका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन। पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको र त्यसको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान थालिएको वृत्तले बताएको छ।
बाजुस लगभग एक दशकयता बौद्धमा बस्दै आएको बुझिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:४० बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











