अधिनायकवादी संस्कार त्याग्नुस् : नेपाल
भक्तपुर, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह ....

भक्तपुर, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन्।
भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औंँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताह व्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविरको शनिबार उद्घाटन गर्दै उनले भने,‘नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस्।’
आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने नेपालको टिप्प्पणी छ। उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुने बताए।
सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आधुनिकता तथा नवीनतम उपलब्धि हासिल गर्न लागिरहेको उल्लेख गर्दै नेता नेपालले स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरणजस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह तथा जनचेतना फैलाउन पनि प्रविधिको प्रयोग प्रभावकारी हुने बताए।
धुँवा, धुलो, पानी, खानेकुरा, तेल, तरकारी जुनसुकै क्षेत्रमा पनि स्वाथ्यलाई हानि पु¥याउने तत्व रहेको बताउँदै उनले अहिले प्रत्येक मानिस पाइलैपिच्छे रोग रहेकाले रोगबाट बच्न सजग रहनुपर्नेमा जोड दिए।











