सिरहामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
सिरहा, असार ७ : सिरहामा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरप....

सिरहा, असार ७ : सिरहामा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–८ मा ना ४ ख ९८९७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सिरहाको नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो।
विपरीत दिशाबाट आएको टिपरले बाटो नछोड्दा ट्रकले पैदलयात्री उराँउलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १२:२० बजे, शनिबार, असार ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











