Kathmandu Press

हेलिकप्टर दुर्घटना हुँदा कोलम्बियामा पाँच प्रहरी अधिकारीको मृत्यु

बोगोटा, जेठ १७ : कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ। सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक...
हेलिकप्टर दुर्घटना हुँदा कोलम्बियामा पाँच प्रहरी अधिकारीको मृत्यु

बोगोटा, जेठ १७ : कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ। सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।

आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सवार पाँच प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका हुन्।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका हुन्। उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँचजना अधिकृतिको ज्यान गुमाउनुपरेकोमा निकै दुःख लागेको बताए।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनुपरेको छ भनिएको छ। ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्