यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु
दार्चुला, जेठ १७ : अपी हिमाल गाउँपालिका-५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ।यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको...
दार्चुला, जेठ १७ : अपी हिमाल गाउँपालिका-५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ।
यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो। यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो।
दुईतीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन्। मृतकको शवलाई आइतबार घर ल्याइएको छ।
प्रकाशित मिति: १३:२७ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











