Kathmandu Press

निषेधाज्ञामा नागरिकमाथि दुर्व्यवहार नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले निषेधाज्ञा उल्लंघनका नाममा नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ।आयोगले सोमबार एक विज्ञप्ति जारी गरी...
निषेधाज्ञामा नागरिकमाथि दुर्व्यवहार नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले निषेधाज्ञा उल्लंघनका नाममा नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गरी अनुगमनका निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नागरिकमाथि निर्घात कुटपिट गरेको पाइएको बताएको छ।

आयोगले कोभिड-१९ बाट उत्पन्न असरको सम्बोधन गर्न सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले अनुगमनका क्रममा आईसीयु र भेन्टिलेटरमा उपचार नपाएर बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको, अस्पतालको उपकरण तोडफोड भएको पाइएको पनि उल्लेख गरेको छ।

प्रदेश १ का पहाडी जिल्लामा पीसीआर परीक्षण हुन नसकेको, खाद्यान्न तथा औषधिको अभाव देखिन थालेको, केही जिल्लामा निषेधाज्ञाबीच पसल खोलेको भन्दैप्रहरीले निर्घात कुटपिट भएको जनगुनासो आएको अयोगले बताएको छ।

दीर्घरोगीहरूको औषधि अभाव देखिएको, गर्भवतीको स्वास्थ्य परीक्षण हुन नसकेको तथा दुई वर्षमुनिका बालबालिकाले नियमित खोप लाउन नपाएको पनि अनुगमनका क्रममा पाइएको आयोगका विज्ञप्तिमा उल्लेख छ।

निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरी खाने श्रमिककासाथै गर्भवती, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुमा मानसिक असर परेको, विभिन्न हिरासत, थुनुवा कक्ष तथा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना संक्रमणको डर रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १३:१६ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्