Kathmandu Press

बन्धुकधारीद्वरा नाइजेरियामा दुई सय विधार्थी अपहरण

अबुजा, जेठ १७ : अफ्रिकी मुलुक नाइजेरियामा बन्धुकधारी समूहले दुई सय विधार्थी अपहरण गरेका छन् । नाइजेरियाको नाइजरस्थित सालिहु तान्को इस्लामिक विद्यालयका दुई...
बन्धुकधारीद्वरा नाइजेरियामा दुई सय विधार्थी अपहरण

अबुजा, जेठ १७ : अफ्रिकी मुलुक नाइजेरियामा बन्धुकधारी समूहले दुई सय विधार्थी अपहरण गरेका छन् । नाइजेरियाको नाइजरस्थित सालिहु तान्को इस्लामिक विद्यालयका दुई सय विधार्थी एक बन्धुकधारी समूहले अपहरण गरेको हो।

मोटर साइकल आएका बन्धुकधारी समूह विद्यालयमा प्रवेश गरी अन्दाधुन्द गोली चलाउँदै विद्यार्थीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीको गोली लागि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

२०–२५ वटा मोटरसाइकलमा आएको बन्दुकधारी समूहले ७देखि १५वर्ष उमेरसमूहका विद्यार्थीलाई अपहरण गरेको हो । सो विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन्।

नाइजेरियाको उत्तर पश्चिम क्षेत्रको एक विश्वविद्यालयका १४ विद्यार्थी ४० दिनपछि अपहरणकारीका मुक्त भएको एकदिन पछि नै फेरि ठूलो संख्यामा बालबालिका अपहरणमा परेका हुन्।

 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्