Kathmandu Press

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

साओ पाओलो, जेठ १७ : ब्राजिलमा कोभिड-१९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र...
ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

साओ पाओलो, जेठ १७ : ब्राजिलमा कोभिड-१९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ।

ब्राजिलका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८ सय ७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ।

योसँगै ब्राजिलमा कोरोनाका कारण ज्यान जानेको संख्या ४ लाख  ६१ हजार ९ सय ३१ पुगेको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन। कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेजस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्