Kathmandu Press

दोस्रोपटक सैन्य ‘कू’ गरेपछि इकोवासद्वारा माली निलम्बित

बामाको, जेठ १७ : पश्चिमी अफ्रिकी मुलुकको आर्थिक संगठन (इकोवास) ले मालीलाई संगठनबाट निलम्बन गरेको छ।१५ मुलुकको सदस्यता रहेको इकोवासले नौ महिनामा दोस्रोपटक...
दोस्रोपटक सैन्य ‘कू’ गरेपछि इकोवासद्वारा माली निलम्बित

बामाको, जेठ १७ : पश्चिमी अफ्रिकी मुलुकको आर्थिक संगठन (इकोवास) ले मालीलाई संगठनबाट निलम्बन गरेको छ।

१५ मुलुकको सदस्यता रहेको इकोवासले नौ महिनामा दोस्रोपटक सैन्य ‘कू’ लागु गरेको भन्दै मालीलाई संगठनबाट आइतबार निलम्बन गरेको हो। इकोवासले मालीलाई संगठनबाट निलम्बन गरे पनि नयाँ प्रतिबन्ध भने लगाएको छैन। 

Hardik ivf

इकोवासको सदस्य मुलुकका नेताहरुले आइतबार घानाको राजधानी अक्रामा आपतकालीन शिखर सम्मेलन आयोजना गरेका थिए। जसमा मालीको सैन्य अन्तरिम राष्ट्रपति असिमी गोइताले पूर्वराष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाई नौ महिनामा दोस्रोपटक सत्ता कब्जा गरी सरकार ढालेको स्वीकार गरेका छन्। 

घानाका विदेशमन्त्री शर्ली अयोर्कोर बोटवेले मालीमा भएको पछिल्लो विद्रोहले आगामी फेब्रुअरीमा राष्ट्रपति पदका लागि चुनाव गराउने प्रतिबद्धतालाई खतरामा पार्ने र अल कायदा र आईएसआईएल आतंकवादी समूहहरु विरुद्धको क्षेत्रीय लडाइँलाई कमजोर पार्न सक्ने खतरा रहेको बताएका छन्।

मालीमाथि लगाइएको निलम्बन सन् २०२२ फेबु्रवरीमा राष्ट्रपति चयनका लागि हुने चुनावसम्मका लागि भएको विदेशमन्त्री बोटवेले बताएका छन्। उनले हाल मालीको सैन्य अन्तरिम सरकारले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण नगरेसम्म निलम्बन जारी रहने बताएका छन्। 

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, जेठ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्