रक्सी चोरेको भिडियो सार्वजनिक भएपछि एक असईसहित तीन प्रहरी निलम्बनमा
जनकपुरधाम, जेठ १७ : रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले रक्सी चोरेको आरोप खेपेको भन्दै तीन...
जनकपुरधाम, जेठ १७ : रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले रक्सी चोरेको आरोप खेपेको भन्दै तीन जनालाई निलम्बन गरेको हो।
लहान-२३ गढियास्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) र दुई जवान निलम्बनमा परेको सिरहा प्रहरीले जनाएको छ।
निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई नवलकिशोर ठाकुर तथा जवानहरू अन्नु कुमार राय र नरेश कुमार राय छन्। उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आज (सोमबार) देखि लागू हुने गरी निलम्बन गरिएको बताइएको छ।
प्रहरीका अनुसार गत जेठ ९ गते उनीहरू गस्तीमा खटिएका थिए। मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसल सञ्चालक भागे। त्यहीबेला ती प्रहरीले केही भोड्का आफ्नो साथमा लगेको भिडियो सार्वजनिक भएको थियो।











