Kathmandu Press

टीकापुर अस्पतालका लागि बेलायतबाट आयो स्वास्थ्य सामग्री

टीकापुर, जेठ १७ : कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन्। झापाको बाह्रदशी गाउँपालिका राजगढका टङ्क भट्टराई र...
टीकापुर अस्पतालका लागि बेलायतबाट आयो स्वास्थ्य सामग्री

टीकापुर, जेठ १७ : कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन्। 

झापाको बाह्रदशी गाउँपालिका राजगढका टङ्क भट्टराई र काठमाडौंका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो। तीनै जना बेलायतमा बस्दै आएका छन्।

स्वास्थ्य क्षेत्रमा काम गरिरहेका डा. अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा. रेमकुमार राईलाई पाँच लाख बराबरको उक्त कन्सन्ट्रेटरहरू प्रदान गरिएको छ। भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्ष हुन््। 

भट्टराईले भने, ‘तीनै जना कोभिड सङ्क्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौं।’ भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना सङ्क्रमितका लागि सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्