Kathmandu Press

पौडेल मृत्यु प्रकरण: मानवअधिकार आयोगले घटनाबारे अनुसन्धान गर्ने

काठमाडौं, असार ६ :  राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरीसँगको दोहोरो मुठभेडको क्रममा गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव....

पौडेल मृत्यु प्रकरण: मानवअधिकार आयोगले घटनाबारे अनुसन्धान गर्ने

काठमाडौं, असार ६ :  राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरीसँगको दोहोरो मुठभेडको क्रममा गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ। 

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी पौडेलको मृत्युको घटनाबारे सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम्  प्रदेश नं २ कार्यालयबाट शनिबार टोली खटाइएको जानकारी दिएका छन्। 

योपनि: सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ।  सर्लाहीको बाग्मती नगरपालिका-२, धरहराका स्थायी बासिन्दा पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखनदेवी खोलाछेउमा प्रहरीसँगको मुठभेडमा गोली लागेर मृत्यु भएको थियो।

योपनि: पौडेल हत्या विरोधमा विप्लवद्वारा आन्दोलनको घोषणा

प्रहरी प्रवक्ता एवं डिआईजी विश्वराज पोखरेलले प्रहरीमाथि सुरुमा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको र त्यसपछि जवाफी कारबाहीमा पौडेल मारिएको बताएका छन्। तर, विप्लव समूहले भने नियन्त्रणमा लिएर पौडेलको हत्या गरिएको दाबी गरेको छ। 

 

प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, असार ६, २०७६