Kathmandu Press

अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुईको मृत्यु, २० बढी घाइते

काठमाडौं, जेठ १६ : फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ धने २० भन्दा बढी घाइते भएका छन् ।स्थानीय...
अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुईको मृत्यु, २० बढी घाइते

काठमाडौं, जेठ १६ : फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ धने २० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो ।

Hardik ivf

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् । हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताए । 
 

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, जेठ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्