Kathmandu Press

२४ घण्टाभित्र दिल्लीमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम

काठमाडौं, जेठ १६ : भारतको राजधानी समेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम...
२४ घण्टाभित्र दिल्लीमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम

काठमाडौं, जेठ १६ : भारतको राजधानी समेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने ७८ सङ्क्रमितको मृत्यु भएको छ । भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै सङ्क्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको सङ्ख्या एक हजार ८०३ कायम भएको छ ।

दिल्लीमा सङ्क्रमण दर १.२५ कायम भएको छ । दिल्लीमा अहिलेसम्म कूल एक करोड ९२ लाख ३७ हजार ४० व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ भने विगत २४ घण्टामा ७५ हजार ४४० व्यत्तिले परीक्षण गराएका थिए । सरकारी तथ्याङ्क अनुसार दिल्लीमा अहिलेसम्म कोभिड सङ्क्रमितको सङ्ख्या १४ लाख २५ हजार ५९२ पुगेको छ ।

यो मध्ये अझै १२ हजार १०० व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । दिल्लीमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या १३ लाख ८९ हजार ३४१ रहेको छ भने २४ हजार १५१ व्यक्तिले महामारीका कारण ज्यान गुमाएका छन् । 

प्रकाशित मिति: २०:२३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्