Kathmandu Press

गण्डकी प्रदेशमा कोरोनाबाट थप १६ जनाको मृत्यु, ८५९ संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोनाबाट थप १६ जनाको मृत्यु, ८५९ संक्रमणमुक्त

काठमाडौं, जेठ १६ : गण्डकी प्रदेशका ११ वटा जिल्लामा गरी आइतबार पाँच सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका एक हजार ६ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप ५४० जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो।

Hardik ivf

निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज कास्कीका ७४ जना, तनहुँका १७ जना, गोरखाका १०४ जना, लमजुङका ८९ जना, नवलपुरका ८५ जना र स्याङ्जाका सात जनामा संक्रमण देखिएको छ। यस्तै, पर्वतका ३४ जना, बाग्लुङका ११५ जना र म्याग्दीका  १५ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६८२ पुगेको छ। यस्तै गण्डकीमा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ। आइतबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार आज कास्कीका आठ जना, तनहुँका चार जना, लमजुङका एक जना, पर्वतका एक जना, बागलुङका एक जना र मुस्ताङका एक जनाको कोरोनाबाट मृत्यु भएको छ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ६१ पुगेको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट आठ सय ५९ जना कोरोनामुक्त भएका छन्।  योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ।

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्