Kathmandu Press

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन्।पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक...
मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन्।

पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताएका हुन्। 

Hardik ivf

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिस गरेको जानकारी दिए। 

उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य द्रुत गतिमा भइरहेको बताए।

स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उन बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद भएकोे र यसलाई गम्भीररुपमा लिएको बताए। 

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्