Kathmandu Press

मजदुरका लागि तत्काल राहत प्याकेज ल्याउन कांग्रेसको आग्रह

मजदुरका लागि तत्काल राहत प्याकेज ल्याउन कांग्रेसको आग्रह

धनगढी, जेठ १६ : नेपाली कांंग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कोरोना संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ।

आज (आइतबार) बसेको सो दलको बैठकले सरकारले मजदुरका लागि अहिले सम्म राहतका कुनै कार्यक्रम नल्याएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

बैठकले अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट ल्याउँदा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवं समयानुकूल ल्याउन समेत सरकारलाई सुझाव दिने निर्णय पनि गरेको छ।

सरकारले आर्थिक वर्षको सकिन लाग्दा जथाभावी योजना बाँडेकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकमा त्यस्ता कार्य रोक्न मुख्यमन्त्रीलाई नै भेटेरै सुझाव दिने निष्कर्ष निकालिएको जनाइएको छ।

बैठकले सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।

प्रकाशित मिति: १७:२० बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्