Kathmandu Press

कोरोना संक्रमणबाट त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाको मृत्यु

काठमाडौं, जेठ १६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) का दुई सहप्राध्यापकसहित २३ जनाको मृत्यु भएको छ। आइतबार त्रिविद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु...
कोरोना संक्रमणबाट त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाको मृत्यु

काठमाडौं, जेठ १६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) का दुई सहप्राध्यापकसहित २३ जनाको मृत्यु भएको छ। आइतबार त्रिविद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेमा दुई सहप्राध्यापक, पाँच उपप्राध्यापक, दुई शिक्षण सहायक, दुई आंशिक शिक्षक रहेको उल्लेख छ।

यस्तै एक महाशाखा प्रमुख, एक उपप्रशासक, पाँच शाखा अधिकृत र पाँच कार्यालय सहयोगीको मृत्यु भएको जनायएको छ। मृत्यु हुने प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत थिए।

अहिले विश्वविद्यालयका ७९ वटा शिक्षण एकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ। कोरोनाका कारण रोकिएका परीक्षाहरू पनि छिटै सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ। 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्