Kathmandu Press

नेपालमाथि ओलीको कटाक्ष– राष्ट्रपतिज्यूकहाँ गएर म विरोध गर्न आएको भन्नुभएछ

काठमाडौं, जेठ १६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालको कटाक्ष...
नेपालमाथि ओलीको कटाक्ष– राष्ट्रपतिज्यूकहाँ गएर म विरोध गर्न आएको भन्नुभएछ

काठमाडौं, जेठ १६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालको कटाक्ष गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा उनले नाम नलिए पनि नेता नेपालप्रति इंगित गर्दै आफ्नो पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको दाबी गरे। 

‘तिनले कहाँकहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्,’ उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । सरम छैन ।’ पार्टीको नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको बताए।

उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको दाबी गरे। नेताहरुले पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनले बताए।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको भन्दे गुनासो गरे।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्