Kathmandu Press

कोरोना खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपतिले पठाइन पुटिनलाई पत्र 

काठमाडौं, जेठ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्।राष्ट्रपति भण्डारीले पठाएको पत्र...
कोरोना खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपतिले पठाइन पुटिनलाई पत्र 

काठमाडौं, जेठ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने तयारी गरेको छ ।

सरकारले यसअघि नै रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको छ। उक्त खोपले नेपालमा प्रयोगका लागि आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गरिसकेको छ।

प्रकाशित मिति: १४:५० बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्