Kathmandu Press

सुनसरीबाट १६५ किलोगाँजासहित एक पक्राउ

सुनसरी, जेठ १६ : १६५ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका कोशी गाउँपालिका–८ भाण्टाबारी लागूऔषध गाँजासहित सोही...
सुनसरीबाट १६५ किलोगाँजासहित एक पक्राउ

सुनसरी, जेठ १६ : १६५ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका कोशी गाउँपालिका–८ भाण्टाबारी लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान पक्राउ गरेको हो।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारेको हो।  

यादवलाई हिरासतमा राखेर अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्