Kathmandu Press

कोलम्बियामा विरोध प्रदर्शन रोक्न सेना परिचालन 

बोगोटा, जेठ १६ : कोलम्बियामा सरकार विरुद्ध भइरहेको विरोध प्रर नियन्त्रण गर्न सेना परिचालन गरिएको छ। कोलम्बियाका राष्ट्रपति इभान डयुकले सरकार विरुद्ध भइरहेको विरोध...
कोलम्बियामा विरोध प्रदर्शन रोक्न सेना परिचालन 

बोगोटा, जेठ १६ : कोलम्बियामा सरकार विरुद्ध भइरहेको विरोध प्रदर्शन नियन्त्रण गर्न सेना परिचालन गरिएको छ। 

कोलम्बियाका राष्ट्रपति इभान डयुकले सरकार विरुद्ध भइरहेको विरोध प्रर्दशन नियन्त्रण गर्न आइतबार सेना परिचालन गरेका हुन्। 

गत अप्रिल २८ मा सरकारले कर सुधार गर्न भन्दै कर वृद्धि गरेको थियो। कर सुधार नियमविरुद्ध कोलम्बियाली जनाताले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। 

डयुकले विरोध पर्दशन नियन्त्रण गर्न प्रहरीको सहायताको लागी सेना परिचालन गरेको बताएका छन्। 

‘२४ घन्टाभित्र राज्यभर तीन गुणा अझै सेना परिचालन बढाइनेछ। यसले हिंसा, आतंकवाद र असभ्यता सुनिश्चित गर्न सहयो पुर्याउनेछ,’ राष्ट्रपति डयुकले भने। 

व्यापक रुपमा सरकारको विरोधपछि कर योजना फिर्ता लिइएको थियो तर पछि फेरी सरकारले उत्त निर्णय लागु गर्ने घोषणा गरेको थियो। 

सरकार विरुद्धको विरोध प्रर्दशनमा प्रहरीस हिंसा, गरीबी र कोलम्बियामा स्वास्थ्य संकट देखापर्ने अवस्था सृजना भएपछि राष्ट्रपति डयुकले सेना परिचालन गरेका छन्। 

गत शुक्रबार विरोध प्रर्दशनमा पाँच जनाको मृत्यु भएको छ। हालसम्म विरोध प्रर्दशनमा दर्जन बढी व्यत्तीको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्