Kathmandu Press

पौडेल हत्या विरोधमा विप्लवद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार ६ : सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरे....

पौडेल हत्या विरोधमा विप्लवद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार ६ : सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ। 

वर्तमान सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

‘फासिवादी सरकारको बर्बरतापूर्ण हत्याविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  विप्लव समूहले असार ७ गते प्रचार प्रसार, असार ८ गते कोषसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको घोषणा गरेको छ।  

विप्लवले आफ्ना सर्लाही इञ्चार्ज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको दाबी पनि गरेका छन्। उनले पौडेल हत्याको घटनाबारे छानविन गर्न मानव अधिकारकर्मी र नागरिक समाजलाई अपिल पनि गरेका छन्।

सरकारद्वारा हत्या गरिएका पौडेललाई सहिद घोषणा विप्लव समूहले क्रान्तिको प्रक्रियामा बदला लिने पनि प्रतिबद्धता जनाएको छ। 

विज्ञप्ति हेर्नुस्: 

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, असार ६, २०७६