Kathmandu Press

बेलारुसलाई ५० करोड डलर ऋण दिने रूसको निर्णय 

मस्को, जेठ १६ : रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड...
बेलारुसलाई ५० करोड डलर ऋण दिने रूसको निर्णय 
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग भेटवार्तामा क्रममा। तस्बिर : अल्जाजेरिया

मस्को, जेठ १६ : रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय शानिबार गरेको हो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग शनिबार गरेको दोस्रो भेटवार्तामा उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। 

गत वर्ष राष्ट्रपति लुकासेन्कोको लगभग तीन दशक लामो शासनकालविरूद्ध जनविरोध प्रदर्शन भएपछि रुसले आफ्नो छिमेकी मुलुक बेलारुसमा शान्तिसुरक्षा कायम गर्न मस्कोले १।५ विलियन ऋण सहयोग गर्ने घोषणा गरेको थियो। 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्