Kathmandu Press

अफगानिस्तानमा बम विस्फोट, तीनजनाको मृत्यु, १५ घाइते

काबुल, जेठ १६ : अफगानस्तानको उत्तरी प्रान्त कापिसामा सडकमा राखिएको बम विस्फोट हुँदा तीन जनाको मुत्यु हुनुका साथै १५ जना घाइते भएका छन्।शनिबार...
अफगानिस्तानमा बम विस्फोट, तीनजनाको मृत्यु, १५ घाइते

काबुल, जेठ १६ : अफगानस्तानको उत्तरी प्रान्त कापिसामा सडकमा राखिएको बम विस्फोट हुँदा तीन जनाको मुत्यु हुनुका साथै १५ जना घाइते भएका छन्।

शनिबार विश्वविद्यालयका कर्मचारी र  विधार्थी सवार भ्यान सडकमा राखिएको बम विस्फोटमा पर्दा तीनजनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका हुन्। 

उक्त बम विस्फोटमा परी तीनजना शिक्षकको मुत्य भएको छ भने १५ जना विधार्थी घाइते भएका छन्। अफगानस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक अरियनले शनिबार अल–बेरोनी विश्वविद्यालयका कर्मचारी र विधार्थी सवार भ्यानलाई लक्षित गरि बम राखिएको बताएका छन् ।  

प्रान्तीय पुलिस प्रवक्ता सायक शोरेशले बम विस्फोटमा रिमोट कन्ट्रोलको प्रयोग गरिएको बताएका छन्। उत्त घटनाको कुनै समुहले पनि जिम्मा नलिएको प्रवक्ता शोरेशले बताएका छन्। उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। 

कपिसाको प्रान्तीय अस्पताल प्रमुख अब्दुल कासेम साङ्गिनले शनिबारको उक्त घटनामा चिकित्सकहरु पनि घाइते भएको बताएका छन् । 

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्