Kathmandu Press

विवादबीच संवैधानिक इजलासमा श्रेष्ठको निरन्तरता, रिट निवेदक कानुनव्यवसायीले प्रश्न उठाउने

अधिवक्ता गोविन्द वन्दीलागाएतले न्यायाधीस श्रेष्ठ इजलासमा रहँदा न्यायमा अविश्वास र प्रश्न उठ्नसक्ने भन्दै असहमती जनाएका थिए ।
विवादबीच संवैधानिक इजलासमा श्रेष्ठको निरन्तरता, रिट निवेदक कानुनव्यवसायीले प्रश्न उठाउने

काठमाडौं, जेठ १६ : संवैधानिक इजलासमा संलग्न न्यायाधीश वमकुमार श्रेष्ठको विषयमा विवाद उत्पन्न भइपछि शुक्रबार सुनुवाइ स्थगित भए पनि आइतबार पुनः उही इजलास गठन भएको छ । 

शुक्रबारको वहसमा रिट निवेदकका तर्फबाट वहसमा पुगेका कानुनव्यवसायीले न्यायाधीश श्रेष्ठ नेकपाको नामसम्बन्धी विवादको फैसलामा संलग्न भइ निर्णय दिइसकेको अवस्थामा न्यायमा प्रश्न उठ्नसक्ने भन्दै आपत्ति जनाएपछि इजलास स्थगित भएको थियो । 

Hardik ivf

अधिवक्ता गोविन्द वन्दीलागाएतले न्यायाधीस श्रेष्ठ इजलासमा रहँदा न्यायमा अविश्वास र प्रश्न उठ्नसक्ने भन्दै असहमती जनाएका थिए । त्यसपछि रिटमाथिको सुनुवाइ आइतवारसम्मका लागि स्थगित भएको थियो।

श्रेष्ठ र अर्का न्यायाधीश कुमार रेग्मी संलग्न संयुक्त इजलसासले नेकपाको एकता बदर गर्ने एमाले र माओवादी केन्द्रलाई अलग अलग गरिदिएको थियो । उनै श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर रिट निवेदकका कानुन व्यवसायीलेसमेत आपत्ति जनाए पनि श्रेष्ठको निरन्तरता भएको छ । यस विषयमा आज पनि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, बन्दी, रिट निवेदकलगाएतले प्रश्न उठाउने भएका छन् ।

श्रेष्ठलाई इजलासमा राख्दा न्यायमा विश्वासको प्रश्न उठ्ने उनीहरुको भनाइ छ। यस अघि पनि विघटन विवादमा संवैधानिक इजलासमा संलग्न न्यायाधीश हरिकृष्ण कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शंभु थापालगायतले प्रश्न उठाएपछि ईजलासबाट आफैं अलग भएका थिए । मूख्य दाबीकर्ता रिट निवेदकले नै विश्वसनियताको प्रश्न उठाएपछि श्रेष्ठ पनि बाहेक हुने अनुमान थियो।

प्रकाशित मिति: १०:४३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्