Kathmandu Press

अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना छः पोखरेल

काठमाडौं, असार ६  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाह....

अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना छः पोखरेल

काठमाडौं, असार ६  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको भए पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। 

रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कारमा उनले भने,‘यदि सहमति भएको हो भने सरकारको नेतृत्व गर्ने कुरामा आलोपालो हुनुपर्छ। भएको सहमति कार्यान्वयन हुनुपर्छ। उहाँहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कुरा हाम्रो तहसम्म आइपुगेको छैन। यदि साँच्चिकै हो भने सहमतिको कार्यान्वयन हुनुपर्छ।’

उनले अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि सम्भावना रहेको बताए। वर्तमान सरकार पूर्ण रुपमा सफल भएको बताउँदै सांसद पोखरेलले भने,‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो। अब समृद्धिको यात्रा तय भइसकेको छ। सरकारले समृद्धि हाँसिल गर्छ। यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं।’ 

सरकारले विभिन्न विधेयकहरु आवश्यक भएकाले अघि बढाएको भन्दै उनले  गुठी विधेयक पनि परिस्कृत गर्दै अघि बढाइने बताए। प्रमुख विपक्षी दलले कुनै एजेण्डा वा मुद्दा नै चयन गर्न नसकेको पनि उनको आरोप थियो। कांग्रेसले संसदमा प्रधानमन्त्रीभन्दा पहिला बोल्न पाउनुपर्छ भनेर संसद अवरोध गरेको घटनालाई  उनले खेदजनक भएको टिप्पणी पनि गरे। 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्