Kathmandu Press

एकै परिवारका १४ जनालाई कोरोना

सर्लाही, जेठ १६ : सर्लाहीको हरिवन नगरपालिकामा एकै परिवारका १४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। हरिवन नगरपालिका–७, घुर्कौलीस्थित एकै परिवारका १४ जनामा संक्रमण देखिएको...
एकै परिवारका १४ जनालाई कोरोना

सर्लाही, जेठ १६ : सर्लाहीको हरिवन नगरपालिकामा एकै परिवारका १४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। 

हरिवन नगरपालिका–७, घुर्कौलीस्थित एकै परिवारका १४ जनामा संक्रमण देखिएको वडाध्यक्ष नेत्रप्रसाद मैनालीले बताए। उनका अनुसार नौ वर्षीया नातिनीदेखि ५१ वर्षीय हजुरबुबालाई ृकोरोना देखिएको छ। 

सुरुआतमा वैशाख २९ गते स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो। त्यसपछि जेठ ५ र ७ गते परीक्षण गर्दा पूरै परिवारमा संक्रमण देखिएको वडाध्यक्ष मैनालीले बताए। 

हरिवनमा चार सय ५२ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये दुई सय ४१ जनामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ।  

हरिवन नगरपालिकाका मेयर प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्तको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताए। कोरोना फैलिन नदिन पहल भइरहेको उनले बताए। 

प्रकाशित मिति: ०९:२१ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्