आज पनि देशभरको मौसम सामान्य बदली
काठमाडौं, जेठ १६ : आज पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, प्रदेश...
काठमाडौं, जेठ १६ : आज पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, प्रदेश १ र २ का केही ठाउँमा भने हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने विभागले जनाए्रको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ। प्रदेश १ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति पनि देशभर मौसम बद्ली रहनेछ। भोलि र पर्सिको मौसम पनि यस्तै रहेको महाशाखाले जनाएको छ।
केही दिनदेखि देशभरको मौसम बदली भइरहेको छ। जसले गर्दा केही ठाउँमा धेरै वर्षा पनि भएको छ।
प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











