Kathmandu Press

ओलीले दुई तिहाईको आडमा अधिनायकवाद लाद्न खोजेः पौडेल

काठमाडौं, असार ६: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खो....

ओलीले दुई तिहाईको आडमा अधिनायकवाद लाद्न खोजेः पौडेल

काठमाडौं, असार ६: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन्।

पौडेलले सरकारले दुई तिहाईको आडमा अधिनायकवाद लाद्न खोजे कांग्रेस सडक संघर्षमा उत्रिने चेतावनी दिए। पौडेलले सरकारले गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिललगायतका विभिन्न विधेयक बनाउँदा सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको आरोप लगाए।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि आरोप लगाए। पौडेलले भने,‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए। घोषणापत्र नै महत्वकांक्षा थियो।’

वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ। सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको पनि पौडेलले बताए। ‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होइन,’ उनले भने।

पौडेलले ओली सरकार पूर्ण रुपमा असफल भएको दाबी पनि गरे। ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ,’ उनले भने।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्