केडिसी हस्पिटलमा पत्रकारलाई पिसिआर गर्दा ५० प्रतिशत छुट
काठमाडौं, जेठ १५ : काठमाडौको वसुन्धारामा रहेको काठमाडौं डेन्टल कलेज एण्ड हस्पिटलले (केडिसी) पिसिआर ल्याबले पत्रकारहरुलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट दिने...
काठमाडौं, जेठ १५ : काठमाडौको वसुन्धारामा रहेको काठमाडौं डेन्टल कलेज एण्ड हस्पिटलले (केडिसी) पिसिआर ल्याबले पत्रकारहरुलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र केडिसी ल्याबबीच भएको सम्झौता अनुसार सो ल्याबले पत्रकारहरुलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट दिने निणर्य गरेको हो । हाल सो ल्याबले पिसिआर परिक्षणका लागि २ हजार रुपैयाँ शुल्क लिदै आइरहेको छ ।
ल्याव प्रशासन प्रमुख अनिल सापकोटाले महामारीको समयमा आफ्नो जिवनको प्रवाह नगरि अग्रभागमा रहेर नागरिकलाई सु-सूचित गराउन खटिएका पत्रकारहरुलाई सामाजिक दायित्व अनुसार सो छुटको ब्यबस्था गरेको जानकारी दिए । बिहान ६ बजेदेखि रातिको १२ बजे सम्म खुल्ने सो ल्याबले हाल घरमै गएर कोरोना संक्रमित वा आशंका भएकाको स्वाब लिने व्यवस्था समेत गरेको छ ।
त्यसरी घरमा जाँदा भन २५ सय रुपैयाँ लिने गरिएको ल्याब ल्याबका प्रसासन प्रमुख सापकोटाले जानकारी दिए । नेपाल पत्रकार महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार काठमाडौं शाखासहित ललितपुर र भक्तपुरका सदस्यहरु, तथा सबै प्रतिष्ठान शाखाका सदस्य र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन ।
शाखाका सचिव महेश्वर गौतमले पत्रकारहरुलाई पिसिआर परिक्षणमा सहज होस भन्ने उद्देश्यले केडिसी ल्याबसँग यस्तो सम्झौता गरिएको जानकारी दिए । छुट शुल्क अनुसार पत्रकारले १ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्न पाउने छन् ।











