Kathmandu Press

नारायणहिटी दरबारदेखि दशरथ रंगशालासम्म सेन्ट्रल पार्क बनाइने

काठमाडौं, जेठ १५ : नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष...
नारायणहिटी दरबारदेखि दशरथ रंगशालासम्म सेन्ट्रल पार्क बनाइने

काठमाडौं, जेठ १५ : नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गरिने भएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न रकम छुट्टयाइएकोे जानकारी दिए।

भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगै‌चा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रंगशाला समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरि।एको उनको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो क्षेत्रमा अत्याधुनिक पार्क निर्माणबारे गुरुयोजनासमेत तयार पारिसकेको छ। 

प्रकाशित मिति: १९:२६ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्