प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि
काठमाडौं, जेठ १५ : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशत बढाएको छ।प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको...
काठमाडौं, जेठ १५ : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशत बढाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता पाँच वर्षयता वृद्धि भएको थिएन।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताए।
२०७२ माघयता भत्ता नबढेकाले ५० प्रतिशत बढाउनुपर्ने माग ती दुई सुरक्षा निकायले राख्दै आएका थिए। तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने भन्दै आएको थियो ।
प्रकाशित मिति: १९:१४ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











