Kathmandu Press

मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड

काठमाडौं, जेठ १५ : सरकारले मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक...
मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड

काठमाडौं, जेठ १५ : सरकारले मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हेटौंडा-सिन्धुली-धरान खण्डको निर्माण आगामी आर्थिक वर्षभित्र सकाउने बताए।

मदन भण्डारी राजमार्गले झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपालसम्म जोडिनेछ।

शान्तिनगर-धरान, धरान-हेटौंडा, कालिगण्डकी करिडोर-रिडी, रिडी-प्युठान, प्युठान-घोराही, घोराही-सुर्खेत, सुर्खेत-वीपीनगर (डोटी), बीपीनगर-बुडर (डडेल्धुरा), बुडर-रुपाल र महेन्द्रराजमार्गमा खापिने गरी हेटौंडा-नारायणघाट गरी विभिन्न १० वटा खण्डको एकीकृत रूप नै मदनभण्डारी राजमार्ग हो। 

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्