Kathmandu Press

विमानस्थल पूर्वाधार निर्माण र विस्तारका लागि २० अर्ब ३१ करोड

काठमाडौं, जेठ १५ : सरकारले चार अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको...
विमानस्थल पूर्वाधार निर्माण र विस्तारका लागि २० अर्ब ३१ करोड

काठमाडौं, जेठ १५ : सरकारले चार अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शनिबार अर्थमन्त्री आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरे।

त्रिभुवन विमानस्थलका लागि ६ अर्ब ९५ करोड विनियोजन भएको छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ५३ करोड विनियोजन भएको छ।

आगामी आर्थिक वर्षमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्