Kathmandu Press

श्रमजीवी पत्रकारलाई सात लाखसम्मको दुर्घटना बीमा

अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराइने बताएका छन् ।
श्रमजीवी पत्रकारलाई सात लाखसम्मको दुर्घटना बीमा

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराइने बताएका छन् ।

बीमा प्रिमियमको आधा रकम सरकारले बेहोर्ने उनले जानकारी दिए । यस्तै, पत्रकार महासंघका सदस्यहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताए ।

आमसञ्चार प्रतिष्ठान स्थापना गरिने उनले बताए । कोभिड–१९ का कारण रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति सुविधा र सञ्चार प्रतिष्ठानहरूलाई पुनर्कर्जा सुविधा उपलब्ध गराइने बताए ।

पत्रकार कल्याणकारी कोष तर्जुमा कार्यविधि तीन महिनाभित्र कार्यान्वयनमा ल्याइने बताए । सरकारी विज्ञापनमा अनलाइन न्युजपोर्टसहित सबै प्रकारका सञ्चार माध्यमको पहुँच विस्तार गरिने बताए ।
 

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्