चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध
काठमाडौं, जेठ १५ : सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक...
काठमाडौं, जेठ १५ : सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।
आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले बताए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।
प्रकाशित मिति: १७:३६ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











