Kathmandu Press

२० युनिटसम्मको विद्युत र २० हजार लिटरसम्मको खानेपानी महसुल शतप्रतिशत छुट

आर्थिक वर्ष २०७८–७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई उपभोक्तालाई महसुलमा शतप्रतिशत छुटको घोषणा गरेका छन्।
२० युनिटसम्मको विद्युत र २० हजार लिटरसम्मको खानेपानी महसुल शतप्रतिशत छुट

काठमाडौं, जेठ १५ : सरकारले निषेधाज्ञाघर विद्युत महसुल छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई उपभोक्तालाई महसुलमा शतप्रतिशत छुटको घोषणा गरेका छन्।

यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्। यस्तै, उत्पादनमुलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिइनेछ। 

यसैगरी नेपाल खानेपानी संस्था, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थायनीय तहले विरतरण गर्ने मासिक २० लिटरसम्मको खानेपानी यसै महिनादेखि निशुल्क वितरण गर्ने घोषण पनि अर्थमन्त्री पौडेलले गरेका छन्।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्