Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको....

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको कांग्रेसको नियमावली, २०७६ माथि छलफल गर्न भन्दै कांग्रेसले असार २२ गते बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय जागरण अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रमको समिक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, असार ६, २०७६