Kathmandu Press

एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान

नयाँ दिल्ली, जेठ १५ : भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि बोलपत्र आह्वान गरेको छ।   देशको केन्द्रीय राजधानीसमेत पर्ने...
एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान


नयाँ दिल्ली, जेठ १५ : भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि बोलपत्र आह्वान गरेको छ।   

देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन ‘ग्लोवल टेन्टर’ आह्वान गरेको अधिकारीहरुले जनाएका छन्। 

जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ । 

भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने बोलपत्रमा उल्लेख गरिएको छ। बोलपत्र इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। 

कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ। 

केन्द्रीय सरकारको प्रयास र भारतमा उत्पादन भइरहेको खोपले मात्रै तत्कालको आवश्यकता पुरा नहुने भएकाले विश्वाव्यापी बोलपत्र आह्वान गरिएको अधिकारीहरुले जनाएका छन्। 

कोरोनाभाइरसको महामरी नियन्त्रणको एउटा कडिकै रुपमा खोप खरिद प्रक्रियालाई लिइएको समाचारमा उल्लेख गरिएको छ। 

दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ । त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ। 
 

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्