Kathmandu Press

सुनकोशीको बेलिब्रिज हटाउने कार्य सुरु

उदयपुर, जेठ १५ : यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा...
सुनकोशीको बेलिब्रिज हटाउने कार्य सुरु

उदयपुर, जेठ १५ : यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा सुरु गरिएको छ।

गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए।

उक्त बेलब्रिज खोल्नका लागि रेग्मी रौता रुक्मीणी कन्सट्रक्शन कम्पनी प्रालिले यसअघि बेलिब्रिज जडान गर्ने र अहिले बेलिब्रिज खोल्न जिम्मा लिएर काम सुरु गरेको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । अब सुनकोशीमा बेलिब्रिज खोलिएपछि गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुने यातायातका साधन छ महिनाका लागि बन्द हुने भएका छन् । 

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षेनि हिउँदमा बेलिब्रिज जडान गरेर छ महिना गाईघाट–दिक्तेल खण्डमा यातायातका साधन पुनः सञ्चालन हुँदै आएका छन् भने बेलिब्रिज खोलेपछि वर्षायाममा छ महिना यातायात पुनः बन्द हुँदै आएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताए।
 

प्रकाशित मिति: १४:४२ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्