Kathmandu Press

पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृत्यु

सङ्खुवासभा, जेठ १५ : सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको हो । मादी नगरपालिका–५...
पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृत्यु

सङ्खुवासभा, जेठ १५ : सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको हो । 

मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ः०० बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी निरीक्षक खतिवडाले बताए। दाहालको शव आज बिहान ७ः०० बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।
 

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्