Kathmandu Press

भारतमा ४४ दिनपछि सबैभन्दा थोरै संक्रमित

नयाँ दिल्ली, जेठ १५ : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ। दैनिक संक्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको...
भारतमा ४४ दिनपछि सबैभन्दा थोरै संक्रमित

नयाँ दिल्ली, जेठ १५ : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ। 

दैनिक संक्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन्। 

पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ।  

यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।  

कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क छ। 

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ।  

बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ। 

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्