Kathmandu Press

विवेकशील साझाका नेता थापाको उपचार खर्च  बिएण्डसीले व्यहोर्ने

काठमाडौं, जेठ १५ : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित  बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले व्यहोर्ने जनाएको...
विवेकशील साझाका नेता थापाको उपचार खर्च  बिएण्डसीले व्यहोर्ने

काठमाडौं, जेठ १५ : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित  बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले व्यहोर्ने जनाएको छ । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ। उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियानसमेत शुरुआत गरेको बताइएको छ। 

मेडिकल कलेजले आफ्नो सामाजिक  उत्तरदायित्वअन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद  प्रसाईंद्वारा जारी विज्ञप्तिमा स्वास्थ्योपचार रकमका अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत भई आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख छ  ।

विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पुर्याएको अथक योगदान उच्च छ भन्दै कार्यकारी निर्देशक  प्रसाईंले भनेका छन् ‘गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियन्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च  बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने  छ । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो ।’

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्