धादिङ जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो
धादिङ, असार ६ : धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अन्य १० जना घाइते भएका छन्। <....
धादिङ, असार ६ : धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अन्य १० जना घाइते भएका छन्।
शुक्रबार दिउँसो गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप बाँझगाउँमा अनियन्त्रित भएर पल्टिँदा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गल्छी–६ का २५ वर्षीया नानु तामाङ र ३० वर्षीया कान्छी भजुेल, वडा नम्बर ४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। वडा नम्बर ४ की २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा घाइते भएका केहीको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






