Kathmandu Press

प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : प्रचण्ड

काठमाडौं, जेठ १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी...
प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : प्रचण्ड

काठमाडौं, जेठ १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्।

‘अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ।

उनले जनयुद्ध, जनआन्दोलनलगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरुप्रति साथै कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल पनि गरेका छन् । स्वदेशमै उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परेको उनको भनाइ छ।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्