Kathmandu Press

हेटौडामा थप दुई जनाको कोरोनाबाट मृत्यु

हेटौंडा, जेठ १५ : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुई जना कोरोना संक्रमितको उपचारका...
हेटौडामा थप दुई जनाको कोरोनाबाट मृत्यु

हेटौंडा, जेठ १५ : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको अस्पताललका कोभिड–१९ फोकल पर्सन डा. सागर काफ्लेले बताए। उनका अनुसार रौतहटको  ५३ वर्षीय युवक र हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलका ७६ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो। 

उनीहरूको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै हेटौंडा अस्पतालमा कोरोबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।   

प्रकाशित मिति: ०९:१२ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्